प्रधानमन्त्रीलाई देउवाका ५ सुझावः ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
आज (शुक्रबार) बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले प्रम ओलीलाई विवादास्पद दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै धन्यवाद दिएका हुन् । बालुवाटार भेटवार्तामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहेको थियो ।
साथै उनले सांसदलाई अपहरण शै...











