बागलुङकी १९ बर्षिया युवतीमा कोरो’ना भा’इरस (कोभिड-१९) को पाँचाैँ रिपोर्ट नेगेटिभ देखिएको छ । उनको पाँचो रिपोर्टमा को’रोना नदेखिएको धाैलागिरी अंचल अस्पतालले जनाएको छ ।
अहिले संक्रम’ण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा को’रोना भाइ’रसको संक्र’मण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।
योपनि पढ्नुहोस्
को’रोना सं’क्रमित बाग्लुङकी युवती भन्छिन- के अ’पराध गरेको छु र नाम र फोटो लुकाउनु पर्ने ?
पोखरा। केही दिनअघि बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटालाई को’रोना भाइर’स सं’क्रमण भएको पुष्टि भयो। त्यसलगत्तै समाचारका हेडलाइन बन्न थाले- ‘बाग्लुङ पुरै आ’तंकित’, ‘को’रोना संक्रमित युवती अस्पताल जान मानिनन्” आदि आदि।
उनी बजार डुलेको, मन्दिर गएको, फिल्म हेर्न गएको अनेकथरी हल्ला चले। हल्ला कहाँ यत्तिमै सीमित रहे र ? उनको आ’त्मसम्मानमै चो’ट पुग्ने गरेर अनेक ला’ञ्छना पनि लगाइयो। लाग्थ्यो, उनले कुनै ग’म्भीर अ’पराध गरेकी थिइन् र दुनियाँ उनीमाथि खनिएको छ।
त्यसपछि भने उनी सं’शकित बनिन्। त्यसको केही दिनपछि उनको स्वा’ब प’रीक्षणको लागि स्वास्थ्यकर्मीको टो’ली उनको घर पुग्यो
तर, उनको पनि त के दो’ष थियो र ? उनी आफैंले जन्माएको रो’ग पनि त थिएन यो। उनी त अनेकौं सपना बुनेर बेल्जियम गएकी थिइन्। श्री कुँडुले माविमा ११ कक्षामा अध्ययनरत अंशु परिवारका अन्य सदस्य उतै भएकाले डिपेन्डेन्ट भिसामा डिसेम्बरमा बेल्जियम गएकी थिइन्। तीन महीनापछि पढाई पूरा गर्ने सोंचले उनलाई नेपाल फर्काएको थियो। ४ चैतमा उनी कतार एयरवेजको ‘क्यूआर ६५२’को जहाजबाट नेपाल फर्किएकी थिइन्। त्यही दिन नै आन्तरिक उडानमार्फत् पोखरा आएकी उनको साथमा बेल्जियमबाट एक जना (काकीकोे आमा) हजुरआमा पनि आएकी थिइन्।
पोखरामा हजुरआमाको ज्वाइँ लिन आएका थिए। त्यसपछि तीनै जना सँगै जीपमा बाग्लुङ पुगेका थिए। विदेशबाट फर्केको खुशी सीमित साथीलाई बाँडिन् पनि। बीचमा उनलाई सामान्य ज्वरो आयो। रुघाखोकी पनि लागेकाले उनले बाग्लुङकै एक मेडिकलबाट औ’षधि किनेर खाइन्। निको पनि भयो। एउटै जहाजमा आएकी एक युवतीलाई कोरोना भाइ’रस पोजिटिभ देखिएको भन्ने समाचार उनले थाहा पाइन्। त्यसपछि भने उनी सं’शकित बनिन्। त्यसको केही दिनपछि उनको स्वा’ब प’रीक्षणको लागि स्वास्थ्यकर्मीको टो’ली उनको घर पुग्यो।
तीन–चार दिनपछि त्यो परीक्षण पो’जिटिभ देखिएको भन्दै खबर आएपछि अंशु झस्किइन्। अहिले अंशु धौलागिरि अस्पतालको आ’इसोलेसन बेडमा छिन् । ६ दिन भयो उनको दैनिकी कोठाभित्र सीमित भएको। हातमा मोबाइल लिएर त्यसैको सहायताले विश्व चियाएकी छन् उनले। मनमा अनेक कुरा खेल्छन् तर, आ’त्मबल भने गु’माएकी छैनन्। अस्पतालको बेडबाटै उनले यस्तो भनिन्–जिन्दगीको यात्रामा सबै सोंचे जस्तो हुन्न रहेछ। मेरो जीवनमा पनि ए’क्कासी नसोचेको कुरा भयो। मेरो सामान्य जीवनयापनमा ए’क्कासी को’रोना संक्रमणले झ’ट्का दियो।
फेरि पनि परिस्थितिसँग जुध्नु त थियो नै। मैले आफूलाई सम्हालेँ र, थप उपचारको लागि तयार भएँ। मोबाइलमा हेर्दा देखेँ, सामाजिक सञ्जालदेखि विभिन्न समाचारमा मेरोबारे निकै नराम्रो टि’काटिप्पणी गरिएको रहेछ। बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले मैले शुरूदेखि नै उपचार गर्न नमानेको र बजारलाई नै आ’तंकित बनाएको भन्दै अन्तर्वार्ता समेत दिनुभएछ। अस्पतालको आ’इसोेलेसन बेडबाटै उहाँलाई मेरो प्रश्न छ– एक नगरपिताको पहिलो कर्तव्य स्वास्थ्य अवस्था बुझेर सा’न्त्वना दिने र आवश्यक उपचारको तयारी गर्नु हो कि हुँदै नभएको कुरा मिडियामा भन्दै हिँडेर आ’त्मसम्मानमा चो’ट पुर्याउनु हो ?
सम्पूर्ण साथीहरू, इष्टमित्र आफन्त सबैलाई म भन्न चाहन्छु, परीक्षण हुँदासम्म मलाई को’रोना संक्रमणको केही संकेत देखा परेको थिएन। अहिले आ’इसोलेसनमा बस्दा पनि त्यस्तो अनुभव भएको छैन। एकदम सामान्य छु म। तर, यो रो’ग आफ्नो गल्ती नहुँदा पनि शि’कार हुने र सबैबाट टाढा बनाउने खालको रहेछ। एउटा कोठाभित्र बसेर मैले बेग्लै अनुभव संगालेकी छु। मोबाइलबाट विश्व नियालिरहेकी छु। डर पनि लाग्छ अरुको कारणले मलाई संक्र’मण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर ।सरकारले बाहिरबाट आएकालाई तत्कालै क्वारेन्टाइनमा राख्ने प्रबन्ध गरेको भए थप समस्या आउँदैन थियो होला।
कसले पो सामान्य अवस्थामा रो’गको शि’कार भएको कल्पना गर्छ र ? म पनि नजानिँदो तरिकाबाट संक्र’मणको शि’कार बनेँ। मैले मास्क, स्या’निटाइज’रको प्रयोग गरिरहन्थेँ । सक्दो स’तर्कता अपनाएकी पनि थिएँ। बाहिर भनिए जस्तो ला’परवाही गर्दै हिँडेकीे पनि थिइनँ ।मलाई पो’जिटिभ देखिए पनि अहिले मेरो परिवारका अन्य चार सदस्यमा को’रोना भाइर’सको सं’क्रमण नेगेटिभ आएको छ। अब अरुको पनि नेगेटिभ आओस्। को’रोनाको सं’क्रमण देखिने बित्तिकै सामाजिक ब’हिष्कार जस्तो गरेर मनोब’ल गि’राउने काम नगर्र्नुस्।
मनो बल उच्च बनाउन जहाँबाट जे सक्नु हुन्छ त्यो गर्नुस्। मलाई मेरो नाम र फोटो गो’प्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अ’पराध गरेको छु र लुकाउनु पर्ने ? मेरो बारे चि’न्ता राख्ने सबै शुभचिन्तकप्रति आ’इलोसन बेडबाटै कृ’तज्ञता व्यक्त गर्छु। अब अर्को रिजल्ट कुरेकी छु। आशा छ, त्यो रिजल्ट ने’गेटिभ आउने छ र म सामान्य जीवनमा फर्किएर फेरि आफ्नो संसारमा रमाउने छु। यो विषम परिस्थितिमा यहाँहरू सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अ’नुरोध गर्छु।



















