महराको थुनछेक बहस आज
निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ ।
गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिइएको थियो। शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।
आजको थुनछेक बहस सकिएमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुने...











