निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ ।

गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिइएको थियो। शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।

आजको थुनछेक बहस सकिएमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ ।

बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यलयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको थियो । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए । तर, अस्वस्थ भएको भन्दै अस्पताल भर्ना गरिएको थियो ।

त्यसयता उनी नर्भिक अस्पतालमै छन् ।

तपाईको प्रतिक्रिया