शेखर कोइरालाको प्रतिबद्धता : सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे।
कोइरालाले आफूले सुकुम्बासी आयोगका सदस्यसँग...











