महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास, दुईजना पक्राउ
विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकाल माथि शुक्रबार विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए।
उनीहरू सवार बा १७ च ५९६१ नम्बरको गाडीमा इटहरीतर्फ प्रस्थान गर्ने क्रममा सोमबार बिह...











