नेपाल सरकारले लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट राख्ने
काठमाडौँ । सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ ।
सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय १४ बीओपी थप्ने निर्णय गरेको हो । सरकारले हालै सीमा विवाद भएको कालापानी र ...











