कोरोनाका कारण विश्वमा ३ लाख २९ हजार बढीको मृत्यु, अमेरिकामा करिब ९५ हजारले ज्यान गुमाए

कोरोनाका कारण विश्वमा ३ लाख २९ हजार बढीको मृत्यु, अमेरिकामा करिब ९५ हजारले ज्यान गुमाए
काठमाडौं । विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ । ५० लाख ८० हजार संक्रमित मध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९५ हजार पुगेको छ । संक्रमितको संख्या १५ लाख ९१ हजार नाघेको...

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित
नेपालमा कोरोना भाइरसका थप १७ जना बिरामी थपिएका छन् । उनीहरु झापा, धनकुटा र सुनसरी जिल्लाका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् । झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर...

सीमाबारे बोल्दा मनिषाविरुद्ध उत्रिए भारतीय मिडिया

सीमाबारे बोल्दा मनिषाविरुद्ध उत्रिए भारतीय मिडिया
काठमाडौँ : अभिनेत्री मनिषा कोइरालाले नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदा भारतीय मिडिया तरंगित बनेका छन् । मनिषाले नेपाल सरकारको समर्थनमा त्रीपक्षीय संवादको कुरा उठाएकी थिइन् । तत्कालै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिएका छन् । टेलिभिजन ‘एबिपी’ च्यानलले त मनिषालाई ‘भारतको खान्छौ, चीनको गीत गाउँछौ ?’ शिर्षकमा एक ब...

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै
धरानमा समेत कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । धरान १३ शिवधाराकी ५२ बर्षीय एक महिलालाई कोरोना संक्रमण भएको पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा सञ्चालन गरे लगत्तै यो संक्रमण देखिएको छ । मंगलबार विहान चेक गर्न गएकी ती महिलालाई शंका गरेर थ्रोट स्वाव चेकजाच गर्दा संक्रमण भएको पाइएको हो । ५२ बर्षिय शिवधारा देखि मास्तिरको रहेको खुलेको छ । अहिले त्यो क्ष्इो...

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : मन्त्रालय

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो । मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक ...

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ संक्रमित डिस्चार्ज

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ संक्रमित डिस्चार्ज
विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको पछिल्लो स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि वुधवार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको भुल्केका ३ जना र ५ जना भारतीय नागरिक रहेका छन् । उनीहरुमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएको छैन । उनीहरुको स्वाब टेष्टबाट नेगेटिभ रिपोट आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भए...

नेपालको नयाँ नक्सा सार्वजनिक अब १ लाख ४७ हजार ५ सय १६ बर्गकिलोमिटर

नेपालको नयाँ नक्सा सार्वजनिक अब १ लाख ४७ हजार ५ सय १६ बर्गकिलोमिटर
सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । यस अघि नेपालको क्षेत्रफल अतिक्रमित भूभाग बाहेक१ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपालको अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाईमा...

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया
बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यव...

आज नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक हुँदै

आज नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक हुँदै
मन्त्री परिषद्बाट स्वीकृत भएको लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा आज औपचारिक रुपमा सार्वजकि हुने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा नेपाल टेलिभिजनमार्फत सार्वजनिक गर्न लागेको हो।

नेपालमा पहिलो पटक चिकित्सकमा कोरोना पोजिटिभ

नेपालमा पहिलो पटक चिकित्सकमा कोरोना पोजिटिभ
ललितपुर : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेपालका एक चिकित्सकमासमेत देखिएको छ। ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए। ति च...