सीमामा अलपत्र झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो
रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ।
भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो।
लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए। त्यसरी नेपाल आएका नेपालीको संख...











