१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि हत्या गरे
खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या भएको छ।
भदौ ३० गते बेलुकी सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रेश्मीकालाई जंगलतर्फ धकेल्दै तल झारेपछि अचेत अवस्थामा बलात्कार गरी सलले घाँटीमा कसेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रह...











