बुढीगंगामा नहरले बगाएको अवस्थामा महिलाको शव फेला
मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान नहरले बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बिहान करिब ८:३० बजे सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ३० देखि ३२ वर्षकी महिलाको शव भेटिएको हो। तर मृतकको पहिचान भने खुलेको छैन।
उनका अनुसार मृतक स्थानीय नभई अन्यत्रैबाट नहरले बगाएर ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ...











