खसी चोर्न खोज्दा खुकुरी प्रहार, ४२ वर्षीय राकेशको मृत्यु
इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब २ः३० बजेको समयमा रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरबाट खसी र पाठो चोरी गर्न खोज्ने क्रममा रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। घरधनीले खसी चोरी भइरहेको देखेपछि होहल्ला गरेका थिए । होहल्ला पछि चोरीमा संलग्न चौधरी भागेका थिए । भागेका चौधरीलाई खेदाउँदै...











