मोरङमा जेनजी आन्दोलनका नाममा तोडफोड गर्ने पक्राउ, म्याद थप्ने तयारी

मोरङमा जेनजी आन्दोलनका नाममा तोडफोड गर्ने पक्राउ, म्याद थप्ने तयारी
विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरु तोडफोड गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने, प्रहरीमाथि धम्क्याउने र हुलहुज्जत गर्ने केहि व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कोपिला चुडाँलका अनुसार अहिले म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको छ । प्रहरीले पक्राउ परेकाहरुको विवरण शुक्रबार साँझसम्ममा सार्वजानिक ...

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ
बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवान...

बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् । उ...

वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गर्ने महिला पक्राउ

वृद्ध महिलाको हत्या गरी सुन तथा  चाँदीका गरगहना लुटपाट गर्ने महिला पक्राउ
धनुषा – धनुषा जिल्लाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे हंसपुर-७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्।...

विराटनगरको नोबेल अस्पतालमा अनुसन्धान अनुदानको घोषणा

विराटनगरको नोबेल अस्पतालमा अनुसन्धान अनुदानको घोषणा
विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ । विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुसन्धान क्षमता अभिबृद्धी गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो । कार्तिक २६ गते नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चा...

ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
विराटनगर : विराटनगर महानगरपालिका–३ बरगाछीचोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कञ्चनवारीतर्फबाट भृकुटीचोकतर्फ आइरहेको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी कोईराल...

कानेपोखरीको वनमा १३ वटा बाख्रा मरेको अवस्थामा फेला

कानेपोखरीको वनमा १३ वटा बाख्रा मरेको अवस्थामा फेला
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–७ मा एकै पटक १३ वटा बाख्रा मरेको अवस्थामा फेला परेका छन्। ती बाख्राको कुल मूल्य करिब एकलाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार (मङ्गलवार) बिहान करिब ७ः४५ बजे ग्रामीण सुधार सामुदायिक वनको फोहोर फाल्ने स्थानमा ती बाख्राहरू मृत अवस्थामा भेटिएका हुन्। उक्त स्थान कानेपोखरी बजार क्षेत्रदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ। मरेका बाख...

झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गरी फरार भएका तीन जना पक्राउ

झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी  कार्यालय तोडफोड गरी फरार भएका तीन जना पक्राउ
झापा : झापामा गत भदौ महिनामा भएको जेनेजी आन्दोलनका क्रममा प्रहरी सम्पत्तिमा तोडफोड र प्रहरी पोसाक दुरुपयोगमा संलग्न रहेको आरोपमा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब निरीक्षक (प्रनानि) कुलप्रसाद सापकोटाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बिर्तामोड–५ का २० वर्षीय राजन चौध...

विराटनगरको बाल सुधार गृहबाट ९ जना फरार

विराटनगरको बाल सुधार गृहबाट ९ जना फरार
विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर भागेका हुन् । सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको धक्कामुक्कीबाट ड्युटीमा रहेका ३ जना सादा पोसाकका प्रहरी सामान्य घाइते भए...

बाढीपहिरोले सबैभन्दा बढी प्रभावित इलाममा ११ अर्बभन्दा बढीको क्षति

बाढीपहिरोले सबैभन्दा बढी प्रभावित इलाममा ११ अर्बभन्दा बढीको क्षति
इलाम । गत असोज १८ र १९ गतेको वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचा...