विद्या भण्डारीले भनिन्-एमालेले मलाइ स्वीकार नगरेपनि म एमाले मै छु
बिराटनगर / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छन्।
सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन्।
गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाल...











