विराटनगर । विराटनगर महानगरपालिका–१४ आईसिपी रोडको भित्री पक्की सडकखण्डमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


















