चिकित्सकको लापरवाहीले विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
उपचारमा चिकित्सकले गम्भीर लापरवाही गरेका कारण मोरङको कानेपोखरी गाउँपालिका–२ की ३३ वर्षीया जमुना पौडेलको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका हुन्।
मृतकका आफन्तका अनुसार, पौडेललाई गत साउन १४ गते सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थिय...











