सुनसरी / सुनसरीको दुहबी ४ स्थितमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला परेका छन् ।सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी ट्यांकीमा दुहबी वडा नम्बर २ का ५० वर्षीय श्याम बहादुर तामाङ र वर्ष ३२ को रमेश राई मृत भेटिएको प्रहरीले जनाएको छ।
दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा मृत भेटिएका २ पुरुष ठेकेदार र कामदार रहेको बताइएको छ ।
२ पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको डीएसपी खतिवडाले बताए ।


















