रोजगारीका नाममा ठगी : ६ जना पक्राउ, करिब ९८ लाख ठगी आरोप
काठमाडौँ : वैदेशिक रोजगारीका नाममा करिब ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आले मगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुन मगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११ का प्रवीण...











