मोरङको ग्रामथानमा राप्रपाका थन्दारको पहिलो उम्मेदवारी
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार (दिवेश) थन्दारको पहिलो उम्मेदवारी दर्ता भएको छ ।
केन्द्रीय नेताहरु प्रल्हाद साह, दिनेश साहलगायतका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । बिहान ११ः३० बजे उम्मेदवारी दर्ता गराएर राप्रपाको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिए...









