दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।
सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो । एक जना...










