बेलबारीको होटलमा तासको अड्डा, ८ जना पक्राउ
बेलबारी । मोरङको बेलबारीमा रहेको एउटा होटलमा सञ्चालित तासको खाल (तासको अड्डा)मा प्रहरीले छापा हानेको छ । होटलको ताल खालमा छापा हानेर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले बेलबारी नगरपालिका–१० भाउन्नेमा रहेको एक होटलमा शनिबार साँझ ६ः४० बजेतिर छापा हानेको हो । त्यस क्रममा तास खेलिरहेका ...











