बेलबारी । मोरङको बेलबारीमा रहेको एउटा होटलमा सञ्चालित तासको खाल (तासको अड्डा)मा प्रहरीले छापा हानेको छ । होटलको ताल खालमा छापा हानेर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले बेलबारी नगरपालिका–१० भाउन्नेमा रहेको एक होटलमा शनिबार साँझ ६ः४० बजेतिर छापा हानेको हो । त्यस क्रममा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको र उनीहरुको साथबाट १ लाख ५ हजार ८० रूपैयाँ नगद र ८ बुक तास बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार होटल सञ्चालक फरार भएका छन् । फरार रहेका याक्खाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । कानुनी कारबाहीका लागि म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने एसपी चिमरियाले बताए ।

तपाईको प्रतिक्रिया