एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने
विराटनगर : नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि मङ्गलवार(भोलि) मतदान हुने भएको छ । नेताहरूले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको हो ।
यो समाचार तयार पार्दासम्म उम्मेदवारको मनोनयन दर्ता चलिरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार विभिन्न प्राविधिक समस्याले गर्दा आज (सोमबार) निर्वाचन सम्भव नभएकाले भोलि बिहान ९ बजेदेखि मतदान स...










