घरभित्र पूजाकोठामा गाडेको अवस्थामा महिलाको शव फेला परेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका- बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव पूजाकोठा भित्र गाडेको अवस्थामा फेला परेको हो ।उनका श्रीमान १० महिने छोरीसहित बेपत्ता भएका छन् ।
अञ्जली र उनका श्रीमान बेपत्ता भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । साेही क्रममा शनिबार दिउँसो घर भित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताए ।
प्रहरीका अनुसार उनका श्रीमान हरेराम यादव १० महिने छोरीसहित फरार छन् । उनले नै अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीका अनुसार गत शनिबार हरेराम र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टदेखि श्रीमती बेपत्ता भएकी थिइन् । मंगलबारबाट हरेराम बेपत्ता छन् ।


















