जापान उडानः रित्तै जाने, रित्तै आउने
काठमान्डाै / सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौँबाट १८ जना बोकेर उड्यो । ‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो,’ नेपाल व...











