खसी बजारमा पनि बिचौलिया नै हाबी, किसानले पाउने मूल्य प्रतिकिलो ३५० देखि ४५० रुपैयाँ, उपभोक्ता मूल्य प्रतिकिलो १३००

खसी बजारमा पनि बिचौलिया नै हाबी, किसानले पाउने मूल्य प्रतिकिलो ३५० देखि ४५० रुपैयाँ, उपभोक्ता मूल्य प्रतिकिलो १३००
काठमाडौं । अन्यक्षेत्र सरह चौपाया क्षेत्रमा पनि बिचौलियाहरु हाबी हुने गरेका छन् । पशु सेवा विभागका अनुसार व्यापारीहरुले किसानबाट प्रतिकिलो जिउँदो खसी ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा खरिद गर्छन् । ती खसीबोका काठमाडौंमा प्रतिकिलो ६ सय रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको विभागका महानिर्देशक वंशी शर्माले बताए। ‘किसानबाट प्रतिकिलो साढे ३ सय देखि साढे ४ सय रुपैयाँमा खरिद गरिएको जिउँदो खसी उप...

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने
काठमान्डाैं / परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस) पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त व्ययभार थपिने भएको हो । गृह मन्...

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा
काठमान्डाैं / ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३...

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल गर्नुहाेस् खबर

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल गर्नुहाेस् खबर
काठमान्डाैं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशंै र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिए...

प्रदेशलाई टेर्देनन् स्थानीय तह

प्रदेशलाई टेर्देनन् स्थानीय तह
काठमान्डाैं / नयाँ आर्थिक वर्षको तीन महिना बितिसक्यो । प्रदेश ३ का ४९ स्थानीय तहले अझै गत वर्षको राजस्व बाँडफाँटबापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् । ५२ वटाले मात्र राजस्व जम्मा गरेका छन् । १८ वटा तहले भने उक्त शीर्षकमा राजस्व नै संकलन नगरेको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई गराइएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा द्वन्द्वपीडितका लागि विनियोजन गरे...

मंसिरमध्यसम्म रेल चल्छ’

मंसिरमध्यसम्म रेल चल्छ’
काठमान्डाैं / नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्...

ट्रम्पले सोधे – के छ नेपालको खबर ?

ट्रम्पले सोधे – के छ नेपालको खबर ?
काठमान्डाैं / अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् । रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई ...

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप
काठमान्डाैं / राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भने गर्न सकेको छैन । गैरन्यायायिक हत्याको छानबिन समितिमा रहेको मानवअधिकार आयोगका सदस्य गोविन्द पौड्यालले छान...

यसपाली दशैंसम्म नै फाट्टफुट्ट पानी परिरहने

यसपाली दशैंसम्म नै फाट्टफुट्ट पानी परिरहने
काठमाडौं- यसपालीको दशैं हिले दशैं हुने भएको छ । मनसुनको समय अवधि सकिए पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नसकिँदा यसपालीको दशैं हिले हुने देखिएको हो । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्...

पथरीमा बस र पिकअप एक–आपसमा ठोकिँदा १३ जना घाईते

पथरीमा बस र पिकअप एक–आपसमा ठोकिँदा १३ जना घाईते
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुदा १३ जना घाईते भएका छन । बुधबार बिहान पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साथै सोही...