मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुदा १३ जना घाईते भएका छन ।

बुधबार बिहान पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साथै सोही स्थानमा को १६ प ६१४५ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटी चालक बेलबारी २ बस्ने करण धिमाल समेत घाईते भएका छन ।

घाईते मध्ये पिकअप चालक झापा बुद्धशान्ति ५ बस्ने केवल कुमालको लाईफ(लाईन अस्पताल दमक,सह चालक झापा तोपगाछि ७ बस्ने मनिष दर्जीको बिराट नर्सिङहोम बिराटनगर र बसमा सवार ११ जनाको पथरी अस्पताल पथरीमा उपचार भईरहको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया