उदयपुरमा १४ वर्षीया छात्रामाथि करणी आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ परे
उदयपुरको बेलका नगरपालिका–२ कञ्चनजङ्गा टोलस्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्। आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई आइतबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
४७ वर्षीय श्रेष्ठले विद्यालयकै कार्यकक्षभित्र छात्रामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएको थियो। जिल्ला प्रहरी कार...











