सुनको मूल्य सोमबार (आज) पनि बढेपछि नयाँ रेकर्ड बनेकाे छ । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । आज सोमबार फेरि तोलामा २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बनेको छ । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।
केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघले जनाएको छ ।


















