एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ ।
बोर्डले निर्धारण गरेको ग्रेडअनुसार जिपिए ४ लाई सबैभन्दा उच्च मानिन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २०८२ सालको एसइईमा एक हजार ५९५ जनाले जिपिए ४ ल्याएका छन् । बोर्डका अनुसार २०८१ सालको एसइईमा नौ सय ७१ जनाले मात्रै जिपिए...











