कार्यक्रमका लागि विराटनगर आएका भारतीय नागरिक इष्टर्न स्टार होटलमा मृत फेला
विराटनगर रोडशेषस्थित होटल इष्टर्न स्टारमा एकजना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ सियाराम क्लोथिङ ब्राण्डको रिफ्रेसमेन्टका लागि भारतबाट आएकामध्ये दिपककुमार साह बिहीबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार मुख र नाकबाट रगत बगिरहेको अवस्थामा उनी बिहान फेला परेपछि परिवारलाई खबर गरिएको छ । भारतको पूर्णियाका नागरिक स...











