न्यायाधीश भुवन गिरीलाई तत्काल निलम्बनको माग गर्दै रावल अनसन बस्ने
काठमाडौं । मुद्दामा सफाई नपाउँदै भुवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहीवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकी छन् ।
पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्दा चलिरहेको बखत महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्...











