आज देशभर गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यका लगायत ठाउ ठाउमा सार्वजनिक बिदा
इटहरी । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
सोहि अनुरुप आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गर...