काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो पनि युरोको मूल्य यही थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया