कोशी प्रदेशमा एकवर्षमा विपदबाट ७७ जनाको मृत्यु, सात हजार ९०८ चौपाया मरे
कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा जस्ता विपद्मा ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका थिए । क...