कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा जस्ता विपद्मा ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका थिए । कोशी प्रदेशमा गत वर्ष ४९६ स्थानमा पहिरो, २५३ स्थानमा जंगली जनावरको आक्रमण, १८४ पटक हावाहुरी, ११७ स्थानमा बाढी र ८७ स्थानमा चट्याङले मानवीय क्षति पुर्‍याएको थियो । कोशीमा बाढीबाट २२ जनाको मृत्यु र २४ जना घाइते भएका थिए ।

आगलागीमा परेर २०, चट्याङका कारण १३, जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको हो । पहिरोमा परी ९ जनाको मृत्यु भएको थियो । पहिरोमा परेर २०, चट्याङले लागेर ३६, आगलागीमा परी १३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयबाट सार्वजानिक भएको छ । विपद्का कारण दुई हजार २७४ घर प्रभावित भएका थिए । विपद्बाट ७ हजार ९०८ वटा चौपाया मरेका छन् ।

तपाईको प्रतिक्रिया