अवैध हतियारसहित एक जना पक्राउ

अवैध हतियारसहित एक जना पक्राउ
गोरखा / शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए । भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उनले बताए । गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए । गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट...

२४ वर्षीय युवकमाथि गोली प्रहार

२४ वर्षीय युवकमाथि गोली प्रहार
राजविराज / सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गोली प्रहार गरेको मण्डलले बताए । मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए । मण्डलको बायाँ ...

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला
श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्काे एक प...

इलाममा यस्तो घटना : दाजुलाई खुकुरी हानेपछि भाईले गरे आत्महत्या

इलाममा यस्तो घटना : दाजुलाई खुकुरी हानेपछि भाईले गरे आत्महत्या
इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी ह...

मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियरको पहिरोले पुरिएर निधन

मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियरको पहिरोले पुरिएर निधन
पोखरा । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा सुख्खा पहिरो जाँदा एकजनाको निधन भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका २ का २७ वर्षिय कमल राईको निधन भएको हो । राई उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् । बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको हो । उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्...

धरानकाे वीपीमा डाक्टरको लापरवाहीले एक जना बालकाे अकालमै गयाे ज्यान

धरानकाे वीपीमा डाक्टरको लापरवाहीले एक जना बालकाे अकालमै गयाे ज्यान
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकहरुको लापरवाहीले एक जनाकाे ज्यान गएकाे छ । खोटाङ बाट उपचारका लागि ल्याइएको ८ वर्षिय बालकको शुक्रवार चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको उनको अभिभावले आरोप लगाएको छ । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका ५ का जीवन राईको छोरा जमिर राई लाई एमर्जेन्सीमा ल्याइएकोमा एमर्जेन्सीमा बेड खाली छैन् भनि बाहिरै कुर्सीमा कुराउन लगाएको अवस्थामा...

घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’
काठमान्डाै / चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ । उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ । उपत्यकाको तीनैवटा परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिम...

चीनमा पढ्दै नेकपाका ‘मेयरहरु’

चीनमा पढ्दै नेकपाका ‘मेयरहरु’
काठमान्डाै / नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् । ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् । युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फ...

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने
काठमान्डाैं / साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए । सो सडक विस्तारका लाग...

स्वास्थ्य बिमा आफैँ बिचरोः अर्बौ रुपैयाँ बर्सेनि फ्रिज

स्वास्थ्य बिमा आफैँ बिचरोः अर्बौ रुपैयाँ बर्सेनि फ्रिज
काठमान्डाै / स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक संयुक्त राष्ट्रसंघीय महासभाको दुईदिने बैठक आइतबार न्युयोर्कमा सुरु भयो । बैठकमा नेपालका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपन्द्र यादव सहभागी छन् । तर नेपालमा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउने स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन अवस्था भने अत्यन्त कमजोर रहेको पाइएको छ । सरकारले सन् २०२० सम्म ५० प्रतिशत जनसंख्यालाई स्वास्थ्य सेवा बि...