पोखरा । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा सुख्खा पहिरो जाँदा एकजनाको निधन भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका २ का २७ वर्षिय कमल राईको निधन भएको हो । राई उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् । बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको हो ।

उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। श वलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ। त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन्। स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा वर्षाका कारण दैनिक जसो पहिरो खस्ने समस्या देखिएको छ ।

स्थानीय एक ब्याक्तिका अनुसार माटोमुनि मान्छे रहेको थाहा पाउँदा पनि दुर्घटनास्थलमा पुगेकाहरू फोटो र भिडियो खिच्दै बसिरहेका थिए। दुर्घटना भएर माटो मुनि मान्छे पुरिएको थाहा पाउँदा पनि त्यति ठुलो भिडले फोटो र भिडियो खिचेको देख्दा कतै मानवता पनि हराएको हो कि भान पर्न गएको बताएका छन् ।घटना घटे लगतै भिडले तुरुन्तै माटो पछाउँन सकेको भए कतै बाच्ने थिएकी भन्ने आश रहन सक्थ्यो एक स्थानिएले बताए ।

तपाईको प्रतिक्रिया