अवैध हतियारसहित एक जना पक्राउ
गोरखा / शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए ।
भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उनले बताए । गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए । गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट...