दाजु भाईको एउटै चितामा अन्त्येष्टी, शोकले गाउँमा बलेन चुलो
सप्तरी / बैदेशिक रोजगारीमा जान खर्च जुटाउनका लागि १० दिन अघि मात्र बुवा सँगै मजदुरीका लागी काठमाडौं गएका दुई युवा (दाजु, भाई)को आईतबार मृत शरीर यहाँ आईपुग्दा अहिले शम्भुनाथ नगरपालिकाको पुरै कनकपट्टी गाउँ शोकमा डुबेको छ ।
काठमाडौंको बलाजु स्थित मेलम्ची खानेपानी आयोजनामा मजदुरी पेशामा कार्यरत शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तक...