भोजपुर / भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको ज्यान गएको छ । ७२ वर्षीय पाण्डेको शनिबार साँझ निमोनियाका काे उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएका पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यही उनको मृत्यु भएको पौवादुङ्मा गाउँपालिकाले जनाएको छ । पाण्डे गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया