माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद
विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपि नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप र मोटरसाइकल नियन्त्रणमा लिएको हो । चालक भने फरार छन् ।
सशस्त्र प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १...











