बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ
बिर्तामोड। झापाको बिर्तामोडस्थित एक डान्सबारमा भएको झगडामा परी दुईजना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ स्थित गन्तव्य डान्सबारमा आइतबार राति करिब १:३० बजेको समयमा युवाहरूबीच कुटपिट भएको हो।
झगडामा परी मेचीनगर नगरपालिका-१ का २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई घाइते भएका छन्। शाहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था सामान्य रह...










