गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे
वीरेन्द्रनगर / वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी ।
छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झुण्डिएर...











