रोजगारी माग्दै विराटनरस्थित मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना
विराटनगर, १६ साउन । अस्थायी करार शिक्षक आन्दोलन समिति प्रदेश नं. १ ले बुधबार विराटनरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्।
देशभरका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने र औषधोपचारको व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन्। देशभर रहेका १३ हजार बढी शिक्षकहरु...








