सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०४ स्थित गोकुलम रिसोर्ट अगाडि पार्किङ् गरी राखेको सिटी सफारीलाई सोही वडा बस्ने नरेन्द्र बस्नेतको छोरी बर्ष ३ कि कृसा बस्नेतले एक्सिलेटर चलाउदा सिटिसफारी अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएको छ ।सिटिसफारी पोलमा ठोक्कि दुर्घटना हुँदा बच्चाको टाउकोमा चोट लागि गम्भिर घाइते भएको प्रहरीले बताएको छ । घाइते बच्चालाई उपचारको लागि धरान स्थित घोपा क्याम्प लगिएको छ भने सिटी सफारी प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ । सिटी सफारी चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया