बिराटनगरमा राधाकृष्ण रथयात्रा : सुन र मोबाइल चोरी, ५७ नियन्त्रणमा

बिराटनगरमा राधाकृष्ण रथयात्रा : सुन र मोबाइल चोरी, ५७ नियन्त्रणमा
विराटनगर : ऐतिहासिक राधाकृष्ण रथयात्राले आइतबार विराटनगरलाई रङ्गिन बनायो । हजारौँ भक्तजनको उपस्थितिमा भव्यतापूर्वक सम्पन्न यो धार्मिक–सांस्कृतिक यात्राले यसवर्ष पनि विराटनगरको पहिचानलाई झल्कायो । तर, भिडभाडसँगै सुरक्षा निकायले थप सतर्क रहनुपर्ने अवस्था पनि देखियो । प्रहरीका अनुसार रथयात्राको अवसर छोपेर अवाञ्छित गतिविधि गर्ने ५७ जनालाई नियन्त्रणमा लिइएको छ । मोरङका प्रहरी प्रमुख एसपी नारा...

सिरहामा बल्ल सकिन लाग्यो यसवर्षको रोपाइँ

सिरहामा बल्ल सकिन लाग्यो यसवर्षको रोपाइँ
सिरहा : लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने,“तर साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्...

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो
चितवन, गत एक वर्षमा बिभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर÷अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई...

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
गुल्मी, वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीक...

भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति एमाले नेता बस्नेतको आपत्ति

भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति एमाले नेता बस्नेतको आपत्ति
काठमाडौं, भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ । नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो...

महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला
काठमाडौं : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली ...

सुन तोलामा ७ सय घट्यो

सुन तोलामा ७ सय घट्यो
आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी ...

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
झापा : झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाख रुपैयाँको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र विभिन्न दाताको १० लाख रुपैयाँ लगानी रहेको छ । कनकाई नगरपाल...

मेरिल्याण्ड कलेजको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम

मेरिल्याण्ड कलेजको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम
विराटनगर — विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन्। ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा प्रस्तुत प्रभावशाली मन्तव्यका आधारमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पारेका हुन्। प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो स्थानमा रहँदा प्रफुल मेहता तेस्रो भए। सोही क्रममा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोब...