विराटनगरबाट हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

विराटनगरबाट हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । आइतबार को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा भन्सार कार्यालय नजिकबाट विराटनगर–१४ घर भएका ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साहलाई पक्राउ गरिएको हो । मोटरसाइकल चालक ज्योतिकुमारका साथबाट चार लाख र पछाडि बसेका विक्...

अयोध्या फैसला : जोगवनीमा पनि सर्तकता

२४ कात्तिक, विराटनगर । भारतको अयोध्याको विवादित जमीनको विषयमा भारतीय सर्वाेच्च अदालतले फैसला सुनाएपछि पूर्वी नेपालको सीमा क्षेत्रमा भारतीय प्रशासनले सर्तकता बढाएको छ । फैसला पश्चात हुनसक्ने सम्भावित गतिबिधिलाई नियन्त्रण गर्न भारतीय प्रहरी सीमावर्ती क्षेत्रमा सर्तकता अपनाएको हो । भारतलु सीमा क्षेत्रमा खटिएको एसएसबीमार्फत निगरानी बढाएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा निगरान...

सेताङ गाउँपालिकामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार

सेताङ गाउँपालिकामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार
आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरील...

इटहरीको पनिपिया जंगलमा दुर्गन्धित अबस्थामा भेटियो पुरुषको शव

इटहरीको पनिपिया जंगलमा दुर्गन्धित अबस्थामा भेटियो पुरुषको शव
ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा कुहिएको अबस्थामा एउटा शव फेला परेको छ । अन्दाजी ३० / ३५ बर्षको जस्तो देखिने शव मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्गन्धित अबस्थामा फेला परेको हाे । उनको पहिचान खुल्न नसकेकाे र घटना स्थलमा प्रहरी टोली पुगि सकेको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।  

बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

२४ कात्तिक,  बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर...

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु
बझाङ / बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आज मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ

नारायणगढ-मुग्लिन सडकः प्रभावकारी बन्यो केवल बेरियरले, २ ओटा ट्रक त्रिशुलीमा खस्नबाट जोगायो

नारायणगढ-मुग्लिन सडकः प्रभावकारी बन्यो केवल बेरियरले, २ ओटा ट्रक त्रिशुलीमा खस्नबाट जोगायो
  चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ । चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिनुभएको थियो । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउ...

धरानमा चुनावी प्रचार प्रसार तीब्र

  धरान / निर्वाचन आयोगले उप निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश नं १ को धरान उपमहानगर पालिकाको रिक्त प्रमुख पदको लागि मुख्य राजनैतिक दल नेपाली काँग्रेस, एमालेसँगै संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, समाजवादी पार्र्टी र स्वतन्त्र उमेद्वारहरुको चहल पहल बड्रकाे छ । नेपाली काँग्रेसले सर्व सम्मत ढंगले नगर सभापति तिलक राईलाई उमेद्वार बनाएको छ ...

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु
मध्यपुरथिमि / छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । य...

बरको रुखमा कटेज, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै

बरको रुखमा कटेज, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै
काठमाडौं । रुखमा घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ। अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा पत्याउन गाह्रो छ। तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ। उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ। अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। चुम्लुङकै स्थानीय यूवाद्वय प्रेम लिम्बू र हेमकुमार लिम्बूको रुखमा कटेज निर्माण गर...