विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ ।

आइतबार को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा भन्सार कार्यालय नजिकबाट विराटनगर–१४ घर भएका ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साहलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चालक ज्योतिकुमारका साथबाट चार लाख र पछाडि बसेका विक्कीकुमारको साथबाट तीन लाख गरेर सात लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र बरामद भएको रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया