मृत भेटिएकी युवतीको हत्या आशंका, श्रीमान पक्राउ
१७ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ ।
उनी जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवान रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाब...











